१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

ललितपुर– १६ वडाको सहयोगमा फिजियोथेरापी उपचार केन्द्र सञ्चालन


प्रकाशित: आईतवार, २७ कात्तिक २०७९, २०ः०० बजे
- महानगरखबर

काठमाडौं । ललितपुर महानगरपालिका– १६ वडा कार्यालयले ईलाननीमा फिजियाथेरापी उपचार केन्द्र सञ्चालन गरेको छ ।


वडास्तरमा स्वास्थ्य सेवा पहुँच विस्तार गर्ने उद्देश्यले वडाले २० लाख रुपैयाँ विनियोजित गरेर सो उपचार केन्द्र सञ्चालन गरिएको हो । 


शनिबार वडाअध्यक्ष निर्मलरत्न शाक्यले एक कार्यक्रम विच सो केन्द्रको उद्घाटन गरेपछि उपचार केन्द्र सञ्चालनमा आएको छ । 


वडाअध्यक्ष शाक्यले फिजियोथेरापी सञ्चालन गर्ने तीन वर्ष अघिको सपना पुरा भएको बताउँदे भने,‘स्वास्थ्य क्षेत्रमा नमूना योग्य वडा बनाउने सोचबाट प्रेरित भई केन्द्र सञ्चालन गरिएको छ, केन्द्रको स्थापनाले समुदायस्तरमा स्वास्थ्य सेवाको सहज पहुँच स्थापित हुने विश्वास छ ।’

 
रचना आयुर्वेद तथा अर्थो न्यूरो रिहाबिलिटेशन र ईलाननी टोल सुधार समितिसंग मिलेर सो केन्द्र सञ्चालनमा ल्याइएको थियो । सो केन्द्रको नाम ईलाननी रचना फिजियोथेरापी उपचार केन्द्र राखिएको छ । 


टोल सुुधार समितिको भवनमा चार शैय्यासहित फिजियोथेरापीका सामग्री राखेर केन्द्र सञ्चालनमा ल्याइएको हो । 


केन्द्रको व्यवस्थापन र दीर्घकालीन सञ्चालन गर्न राज बज्राचार्यको अध्यक्षतामा एक समिति गठन गरिएको छ । वडाअध्यक्ष संरक्षक र वडा सदस्यहरु पदन सदस्य रहने गरी गठित समितिमा तीन वटै पक्षको प्रतिनिधित्व रहेको छ ।


सो अवसरमा रचना रिहाबिलिटेशन सेन्टरका सञ्चालक डा चन्द्रदीपकुमार महतो केन्द्रमा हड्डी खिइएको, नशा च्यापिएको, मुख बांगिएको, जोर्नी दुख्ने, प्यारालाईसिस, हातखुट्टा झमझमाउने, पोल्ने र सुस्त मनस्थिति भएका बालबालिकाको सहुलियत दरमा उपचार हुने जानकारी दिए ।


समितिका अध्यक्ष राज बज्राचार्यले स्वास्थ्य सेवाको पहुँच विस्तार गर्र्ने वडाको कार्य सघाउन  समुदायको भूमिका महत्वपूर्ण हुने बताए ।


वडा सदस्य बबिता श्रेष्ठ, वडा समितिका सल्लाहकार धर्मेन्द्र शाक्य लगायतले स्वास्थ्य सेवामा वडाले गर्दै आएको काम र अब गर्नुपर्ने कार्यमा केन्द्रीत गरी आआफ्नो धारणा राखेका थिए ।


यसै अवसरमा फिजियोथेरापी सम्बन्धी निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । सो शिविर आउँदो शुक्रबारसम्म सञ्चालन हुनेछ ।

 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex