काठमाडौं । ललितपुर महानगरपालिका वडा नम्बर १७ स्थित को एक टहरामा आगलागी भएको छ ।
आइतबार बिहान करिब १० बजे भएको सो आगलागीमा ५ जना घाइते भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।
घाइेतहरुमा ३ वर्षीय, ८ वर्षीय र १५ वर्षीय बालक र करिब ३५ वर्षीय सञ्जय गिरी र रूपा गिरी पनि घाइते छन । उनीहरु सबैका किष्ट अस्पतालमा उपचार भईरहेको छ ।
टिनले छाएको टहरोभित्र मोबिल राखेको ठाउँमा आगलागी हुँदा पाँच जना घाइते भएका हुन र आगो नियन्त्रणमा आइसेकेको प्रहरीले जनाएको छ ।
आगलागी नियन्त्रणमा लिन पाँच वटा दमकलको प्रयोग गरिएको छ ।
फाइल तस्वीर
Categorized in समाज