१९ बैशाख २०८१, बुधबार
Header

ललितपुरमा ‘१३ औं यल कप रनिङ शिल्ड व्याडमिन्टन प्रतियोगिता’ हुने


प्रकाशित: बुधवार, १५ कातिक २०८०, १८ः३० बजे 
- रचना शाही खड्गी

काठमाडौं । ललितपरमा कातिक १८ गतेबाट १३ औं ‘यल कप रनिङ शिल्ड प्रतियोगिता – २०८० सञ्चालन हुने भएको छ । 


बुधवार ललितपुर महानगरपालिका वडा ६ स्थित कार्यालयमा पत्रकार सम्मेलन गरी उक्त प्रतियोगिता सञ्चलान हुन गईरहेको आयोजक संस्था ओकुुबहाल टोल सुधार समिति तथा महाबुद्ध युुथ क्लवले जानकारी दिएका छन । 


कार्यक्रम संयोजक तथा टोल सुधार समितिका अध्यक्ष यश कुमार शाक्यले प्रतियोगिता बारे जानकारी दिएका हुन । सो प्रतियोगिता १८ गतेबाट कातिक २५ गते शनिवारसम्म हुने शाक्यले बताए । 


कार्यक्रम उद्घाटनका प्रमुख अतिथी बागमति प्रदेशका उद्योग, बाणिज्य तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

 
यस प्रतियागितामा ५ किसिमका खेलहरुको प्रतिस्पर्धा हुनेछ । १५ बर्ष मुनिका किशोरहरुको सिंगल इभेन्ट प्रतियोगिताको विजयीलाई २५ हजार ,द्धितियलाई १५ हजार र तृतीय २ जनालाई ५/५ हजारको दरले नगद पुरस्कार प्रदान गरिने छ । 


पुरुष मेन्स डबल इभेन्टका बिजेतलाई ५० हजार, द्धितियलाई २५ हजार र तृतिय २ जनालाई १०/१० हजारका दरले नगद पुरस्कारको व्यवस्था गरिएको छ । 


त्यसैगरी भेट्रान पुरुष मेन्स डबल इभेन्ट बिजेतालाई २० हजार, द्धितियालाई १० हजार र तृतिय २ जनालाई ५/५ हजारको दरले नगद पुरस्कार दिईने छ । 


चौथो खेल मिक्स डबल इभेन्टका बिजेतलाई २५ हजार द्धितियलाई १५ हजार र तृतिय २ जनालाई ५/५ हजारको दरले नगद पुरस्कारको दिइेने अयोजकले जनाएको छ । 


अन्त्यमा पाचौ खेल महिला सिंगल बिजेतालाई १५ हजार, द्धितियलाई १० हजार र तृतिय २ जनालाई ५/५ हजार नगद पुरस्कार प्रदान गरिने जनाएको छ । 


आयोजकले विजेताहरुको लागि कुल २ लाख ७० हजार नगद परस्कार दिने घोषणा गरेको छ भने उक्त खेलका लागि ३० लाख ५८ हजार ४ सय रुपियाँ खर्च हुने बताए । 


कार्यक्रमको क्वाटर फाईनल खेलका प्रमुख अथितिमा ललितपुर क्षेत्र नं. २ प्रतिनिधिसभा सांसद प्रेम महर्जन हुने तथा कातिक २४ गते हुने सेमि फाईनल खेलका प्रमुख अथिति ललितपुर महनगरपालिका वडा ६ का अध्यक्ष रुपेन्द्र राज शाक्य हुने कार्यक्रम संयोजक शाक्यले बताए । 


त्यसैगरी, कातिक २५ गते फाईनल खेलको प्रमुख अतिथीमा ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जन हुने बताइएको छ । 


यस प्रतियोगितामा ओकुुबहाल टोलबाट ४३ जनासहित ललितपुरका अन्य ७० वटा टोलबाट २०० जना भन्दा बढि खेलाडीहरुले भाग लिने आयोजकले पत्रकार सम्मेलनमा जानकारी दिए । 
खेल यतालिवी ओकुुबहाल र ६ वडा भवन कनिबहाल परिसर गरी २ वटा कोर्टमा हुने छ । 


वि.स. २०६५ सालमा हेल्प ग्रुप पिंछेले यस व्याडमिन्टन प्रतियोगिता स्थापना गरी पहिलो र दोस्रो पटक सम्पन्न गरी यस कपलाई निरन्तरता दिएको हो ।

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD