१६ चैत्र २०८०, शुक्रबार
Header

ललितपुरमा ७७ बर्षमाथिकालाई कोभिशिल्डको दोस्रो डोज लगाईने


प्रकाशित: मंगलवार, ८ असार २०७८, १६ः१० बजे
- अजय खड्गी

काठमाडौं । ललितपुर महानगरपालिकाले बुधवार ७७ बर्षमाथिका जेष्ठ नागरिकलाई कोभिशिल्डको दोस्रो डोज लगाईने भएको छ । 


महानगरपालिकाले एक सुचना जारी वडाबाट सिफारिस भई आएका जेष्ठ नागरिकहरुलाई महानगरले तोकेको खोप केन्द्रमा विहान १० बजेदेखि ४ बजेभित्र खोप लगाउन आग्रह गरेको छ । 


वडा नं. ५,६,७,८,१२,१४, १५,१७ र १९ काहरुले लगनखेलको पशु सेवा केन्द्र, पशु अस्पतालमा गएर खोप लगाउन सक्नेछ  । त्यसैगरी वडा नं. १, ९, १०, ११, १६ र २० वडाकाहरुले पाटन ढोका (पाटन हाईस्कुलमा ) मा गएर खोप लगाउन सक्नेछ । 


वडा नं.२, ३, ४ र १३ का वासीहरुले ललितपुर महानगरको प्रागणमा गएर खोप लगाउनु पर्ने महानगरपालिकाले जनाएको छ । 


धापाखेल स्वास्थ्य चौकमा वडा नं. २३ र २४, सुनाकोठी (वालकुमारी स्कुल)मा वडा नं. २६ र २७, कार्यविनायक स्कुलमा वडा नंं २१ र २२, हरिसिद्ध स्वास्थ्य चौकीमा २८र २९ र सैंबु स्वास्थ्य चौकमा १८ र २५ वडाका जेष्ठ नागरिकहरुले खोप लगाउन पाउने छन । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD