काठमाडौं । प्रहरीले ललितपुरको ईमाडोलस्थित एक घरमा ३ महिनादेखि बन्धक रहेको ३ तीन पाकिस्तानीको उद्दार गरेको छ ।
रोजगारीका लागि लिबिया लैजाने लोभमा नेपालमा बन्धक बनाएका तीनहरुलाई प्रहरीको मानव बेचबिखन नियन्त्रण ब्युरोले उद्दार गरेको हो । प्रहरीका अनुसार पाकिस्तानी नागरिक सहजिव नजल, बंगलादेशी नागरिक शादा आलम खान र सैहिद सुमन मियाको उद्दार गरिएको हो ।
प्रहरीले सो घट्नामा संलग्न पाकिस्तान पञ्जाबका ३० वर्षीय खालिद मेहमुदलाई पक्राउ गरेको जनाएको छ ।
Categorized in समाज