१६ बैशाख २०८१, आइतबार
Header

ललितपुरमा ३ दिने महिला उद्यमी मेला लाग्ने


प्रकाशित: बुधवार, २५ फागुन २०७८, १९ः०० बजे
- रचना शाही 

काठमाडौं । ललितपुरको नागबहाल र इलाननीमा ३ दिने महिला उद्यमी मेला सञ्चालन हुने भएको छ । 


११२ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा ललितपुर महानगरपालिका वडा नम्बर १६ को आयोजनामा मेला लाग्ने भएको हो । 


फागुन २७ गते शुक्रवार, २८ गते शनिवार र २९ गते आईतवार मेला सञ्चालन हुने मेला समितिका संयोजक तथा वडा १६ अध्ययक्ष निर्मलरत्न शाक्यले बुधवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । 


बागमति प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री दिपेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यमा मेलाको उद्घाटन हुन गईरहेको अध्यक्ष शाक्यले बताए । 


‘महिला सशक्तिकरणको आधारः उद्यमशीलता र रोजगार’ भन्ने नाराका साथ नेपाल हस्तकला महासंघ, ललितपुर उद्योग बाणिज्य संघ, नागबहाल टोल सुधार समिति र इलानी टोल सुधार समितिको सहकार्यमा मेला आयोजना गर्न लागिएको हो ।


वडा अध्यक्ष शाक्यले महिला उद्यमीशीलतालाई प्रर्वद्धन गर्ने यस मेलाको मुख्य उदेश्य रहेकोले सो मेलामा स्थानीय महिला र विभिन्न सहकारीहरुले उत्पादन गरेका काष्ठकला, गरगहना, कपडा, धातुका मूर्तिहरु, दैनिक प्रयोग हुने सामग्रीहरु, खाद्य सामग्रीहरु, लत्ता, कपडा र सज्जावटका सामग्रीहरु गरी ५१ वटा स्टल रहने जानकारी दिए । 


सो मेला नेवाः खाजाहरुको स्टलहरु रहने, मेला अवधिभर ख्याती प्राप्त सांगतिक ब्याण्ड कुटुम्ब र प्रोजेक्ट बाजाको विशेष प्रस्तुती रहेने, फेसन डिजाईन सो, फोटोग्राफी र चित्रकला प्रदर्शनी समेत हुनेछ । 


पत्रकार सम्मेलनमा हस्तकला महासंघका उपाध्यक्ष रविमान शाक्यले मेलाले स्थानीय उत्पादनको प्रवद्र्धन, प्रचार प्रसार गर्नुका साथै व्यवसयिक उदेश्यमा पनि सहयोग गर्ने बताए ।


वडाले यस अघि २०७४ साल असोज ५ गते देखि ११ गते सम्म दशैं मेला, २०७५ साल चैत्र १३ गते देखि १७ गते सम्म कला र संस्कृति महोत्सव, वडा सहभागी भूमिका रुपमा २०७५ असोज र २०७६ असोज १२ देखि १६ गतेसम्म बुबहालमा दशै मेला, २०७६ साल फागुन १७ गते मंगलबजारमा युव मेल सम्पन्न गरेको थियो । 


सो अवसरमा वडा सदस्यहरु पञ्चरत्न बज्राचार्य, बिजय महर्जन लगायतका उपस्थिती रहेको भने वडा सचिव भीमसेन रिसालले कार्यक्रममा सहभागी पत्रकारहरुलाई धन्यावाद ज्ञापन गरेका थिए । 

 


कार्यक्रम पत्रकार सुनिल महर्जनले सञ्चालन गरेका थिए । 


तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर
 


 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD