१ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

ललितपुरमा हिन र त्रिवि शिक्षा केन्द्रको संयुक्त अन्तर्राष्ट्रिय सम्मेलन शुरु 


प्रकाशित: आइतवार, ३१ चैत्र २०८१, १४ः१० बजे
- महानगरखवर

काठमाडौँ । स्वास्थ्य शिक्षा अनुसन्धान र नवप्रर्वतनको अभिवृद्धि शीर्षकमा यहाँस्थित ललितपुरमा शनिबारदेखि दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन शुरु भएको छ ।


विश्वविद्यालय अनुदान आयोगको अनुदानमा त्रिभुवन विश्व विद्यालयको शिक्षा शास्त्र केन्द्रीय विभाग, नेपाल स्वास्थ्य शिक्षा संघ (हिन)को संयुक्त आयोजनामा सम्मेलन शुरु भएको हो ।


आयोजक हिनका अध्यक्ष प्राडा भीमसेन देवकोटाले नेपाल, अमेरिका, बेलायत, भारतलगायत देशका स्वास्थ्य विज्ञका ३० भन्दा बढी कार्यपत्र र पोष्टरहरु प्रस्तुत हुने जानकारी दिनुहुँदै स्वास्थ्य शिक्षा अनुसन्धान र नवप्रर्वतनको अभिवृद्धि गर्न अनुभव आदानप्रदान हुने बताउनुभयो ।


यस्तै, सो सम्मेलनमा स्वास्थ्य शिक्षा पाठय्क्रम, सिद्धान्त, नवप्रर्वतन, स्वास्थ्य तथा पोषण, नसर्ने रोग, मानसिक स्वास्थ्य, वातावरणीय पर्यास्वास्थ्य, ज्येष्ठ नागरिक, महिला, वालवालिका, वयस्कसम्बन्धि स्वास्थ्य, यौन शिक्षा, स्वास्थ्य शिक्षामा अनुसन्धानसम्बन्धि मुख्य बुँदामा कार्यपत्रहरु समावेश भएका छन् ।


धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्यञ्जु र स्वास्थ्य विज्ञ दीर्घराज श्रेष्ठले नेपालमा स्वस्थ शहरी अभियानमा धुलिखेल नगरपालिकाकाले खेलेको भूमिकाबारे कार्यपत्र प्रस्तुत गर्नुभयो ।


यस्तै, अमेरिकाको पित्सवर्ग विश्वविद्यालयका उपप्राध्याक डा. सारा बाउमेनले पश्चिम नेपालमा प्रचलित छाउपढी प्रथाका कारण महिलाले भागेका मानसिक तथा स्वास्थ्य समस्यालाई समाधान गर्न सक्ने उपायबारे आफ्नो धारणा राख्नुभएको थियो ।


सम्मेलनमा हिनको अनुसन्धानात्मक जर्नल हेल्थ प्रोमोशनको १२ औं कृति र नेपाल स्वास्थ्य शिक्षा संघको स्मारिका विमोचन गरिएको थियो ।


सम्मेलनमा भारतको जिन्डाल विश्वविद्यालयका प्राध्यापक सम्राट सिन्हा र बेलायतका स्वास्थ्य विज्ञ डा. पुष्पराज पन्तले मन्तव्य दिनुहुनेछ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex