१ जेठ २०८१, मंगलबार
Header

ललितपुरमा स्कुल बच्चा लिन जाने महिलाहरुको सुनको सिक्री लुटेन समूह पक्राउ


प्रकाशित: मंगलवार, २६ मंगलवार २०८०, १९ः०० बज
- महानगरखबर

काठमाडौं । प्रहरीले ललितपुर महानगरपालिकामा स्कुल लिन गएका महिलाहरुलाई लक्षित गरी सुनको सिक्री लुट्ने समूह पक्राउ परेका छन । 


प्रहरीका अनुसार लुटपाट गर्ने लेलिनकाजी महर्जनलाई रविन्द्र महर्जन (स्कुटर) र रोहन नेपाली (मोटरसाइकल) चालकले सहयोग गर्ने बताएका छन ।  


ललितपुर महानगरपालिकामा असार १७ देखि १९ गतेसम्म चार वटा घटना भएको थियो । 


ललिपुर प्रहरीका अनुसार १७ गते अपराह्न सवा ४ बजे ललिपुर–१० महर्जन गल्लीमा पेम्बाकुमारी तामाङको सुनको सिक्री लुटपाटको प्रयास भएको थियो । पौने ५ बजे वडा नम्बर ११ की मिना शाक्यको । त्यसैगरी १८ गते वडा नम्बर ११ की ममता महर्जनको सुनको सिक्री लुटपाटको प्रयास भयो । १९ गते साढे ४ बजे ललिपुर ४ धोविघाटमा शारिका कुशवाहको सिक्री लुटपाट भएको प्रहरीले बताए । 


६ वटा चोरी मुद्दा र २ लागु औषध मुद्दामा पक्राउ परेका महर्जनले दुई जनाको सहयोगमा लुटपाट वा प्रयास गरेका थिए ।


सीसीटीभी फुटेजमा देखिएअनुसार लोलिनकाजी बच्चा स्कुलबाट लिएर फिर्किएका महिलालाई पछ्याउँथे, र घाँटीमा लगाएको सिक्री लुटेपछि पूर्व योजनाअनुसार अगाडि बसेका मोटरसाइकलरस्कुलमा चढेर भाग्ने गरेका थिए । 

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD