काठमाडौं । ललितपुरका बालकुमारीमा एक स्कुटरलाई जिपले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ ।
सोमवार विहान ३ बजेको समयमा भएको सो दुर्घट्नामा स्कुटरमा सवार ललितपुर धोविघाट बस्ने चितवनकी २३ वर्षीया रेखा मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनीसँगै स्कुटरमा सवार धोबिघाट नै बस्ने २३ वर्षीया शकुन्तला घर्ती घाइते भएकी छिन । उनको बिएन्डबी अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार उनीहरु बा ४५ प १३४५ नम्बरको स्कुटरमा ग्वार्कोबाट कोटेश्वर जाँदै थियो । जिपले ठक्कर दिएर भागेको भन्ने आशंका प्रहरीको छ ।
Categorized in समाज