१२ श्रावण २०८१, शनिबार
Header

ललितपुरमा सुरु भयो बुंगद्यः (रातो मछिन्द्र रथयात्रा), हेरौ तस्वीरहरु


प्रकाशित: शनिवार, २९ बैशाख २०८१, २०ः५० बजे
- महानगरखबर

ललितपुर । ललितपुरमा शनिवारबाट बुंगद्यः (रातो मछिन्द्रनाथको रथयात्रा) सुरु भएको छ । 


आज साँझ पुल्चोकबाट बाजागाजासहित गःबहाल रथ तानेर गाःबहाल लगिएको छ । 

 


रथयात्रा हेर्नका लागि ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरीबाबु महर्जनको निमन्त्रणामा विदेशी नियोगका अधिकारी पनि आएका थिए ।

 

 
इस अवसरमा प्रमुख महर्जनको निमन्त्रणलाई स्वीकारी युरोपेली युनियन, फ्रान्स, इजरायल, नर्वे, दक्षिणकोरिया, स्विट्जरल्याण्ड, थाइल्याण्ड, संयुक्त अधिराज्य लगायत देशका राजदूत र विश्व बैंक, युनिसेफ, युएसएआईडी, एसियाली विकास बैंक लगायत निकायका प्रतिनिधिहरु आएका थिए ।


वर्षा र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथ रथको निर्माण १२ वैशाखबाट सुरु गरिएको रथ निर्माण सकिएपछि २७ वैशाखमा मत्स्येन्द्रनाथलाई रथारोहण गराइएको थियो ।

 


रथलाई पाटनका मंगलबजार, हखा, सुन्धारा, चक्रबहिल, लगनखेल हुँदै असार शुक्ल चौथीमा जावलाखेल पुर्‍याएर भोटो देखाई अन्त्य गर्ने चलन छ ।

 

 

 


तस्वीर र भिडियोःबिज्जु श्रेष्ठ/महानगरखबर
 

asteriskhubs
Home Page Bottom Second


matribhasa patrakarita
nepal bhasa AD
chunikhel ad
maharjan complex