काठमाडौं । ललितपुरमा शनिवारदेखि समानान्तर पार्किङ सुरु गरिएको छ ।
ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जनको निर्देशन अनुसार आजबाट समानन्तर पार्किङ सुरु गरिएको महानगर प्रहरी प्रमुख सिताराम हाथेछुुले जानकारी दिए ।
उनले यो पार्किङ काठमाडौं उपत्यकामा पहिलो पल्ट भएको र ललितपुर महानगरले गरेको पनि दावी गरे ।
समानान्तर पार्किङमा कारहरुलाई राखिने मोटरसाईकल, बाइकलाई भने नराखिने उनले बताए ।
‘बाईकलाई समानन्तर पार्किङमा नराख्ने, बाईक ७ फिट मात्र हुने भएकोले बाइकलाई सो नपर्ने, कारले १६ फिट बाटो राख्ने, अब जम्मा ६ फिटमात्र लिन्छ, सिधा भएपछि जाम नहुने, दुर्घट्ना कम हुन्छ ।’ हाथेछुले भने ।
पार्किङ हटाएर मात्र जनतालाई दुःख दिनु हुन्न भन्न खोजेको, जाम छ, दुर्घट्ना हुन्छ, नगरपालिकाले ठाँउमा पार्किङ व्यवस्था गर्न नसकेको अवस्थामा विकल्प दिन हामीले यो सेवा सुरु गरेको नगर प्रहरी प्रमुख हाथेछुले बताए ।
Categorized in स्थानिय