३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

ललितपुरमा महानगरले पर्यटकलाई विद्युतीय बसमा सेवा दिने


प्रकाशित: बुधवार, १८ बैशाख २०७६, २१ः०० बजे
- महानगरखवर

काठमाडौं । पर्यटकलाई विशेष सुविधा दिने उद्देश्यले ललितपुर महानगरपालिकाले नगरको भित्री भागमा विद्युतीय बस सेवा सञ्चालन गर्ने भएको छ । 


महानगरले रुटको अध्ययन गरी आवश्यक रुटमा बस सञ्चालनको लागि योजना बनाईरहेको महानगर प्रवक्ता राजु महर्जनले जानकारी दिए । 


विद्युतीय बसको महानगरले यस वर्षको बजेटमा महानगरले रु पाँच करोड छुट्टाएको थियो । 


प्रवक्ता महर्जनले पर्यटकलाई शहरको भित्री भागमा आगमनमा समस्या पर्ने तथा टयाक्सी जान नमान्ने भएपछि समस्या पर्ने गरेको बताए । 


पुल्चोकबाट मङ्गलबजार र पाटनढोकाबाट मङ्गलबजारसम्म बस सञ्चालन गर्ने योजना रहेको प्रवक्ता महर्जनको भनाई छ । 


पाटनभित्र रहेका दरबार क्षेत्रसँगै अरु मन्दिर, विहारलगायतका पर्यटकीय गन्तव्यलाई समेटेर रुट बनाइने भएको छ । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex