२४ बैशाख २०८१, सोमबार
Header

ललितपुरमा मंगलबजारदेखि लगनखेलसम्म फुटपाथ पसल निषेधित क्षेत्र


प्रकाशित: मंगलवार, १९ मंसिर २०८०, १८ः३० बजे
- महानगरखवर

काठमाडौं । ललितपुर महानगरपालिकाले मंगलबजारदेखि लगनखेलसम्मको क्षेत्रलाई फुटपाथ निषेधित क्षेत्र घोषणा गरेका छ ।


मंसिर २४ गते देखि सो क्षेत्रमा कुनै पनि किसिमको फुटपाथ पसलहरु राख्न निषेध गरेकको महानगर प्रहरी बल प्रमुख सीताराम हाछेथुले बताए । 


महानगर प्रहरी बलले सूचना टाँस्दै मंसिर २४ गतेदेखि मंगलबजारदेखि लगनखेल क्षेत्र फुटपाथ पसल निषेधित क्षेत्र हुने जनएको हो । 


तर विहान भने ८ बजेसम्म तरकारी पसलहरुलाई कुनै रोक नभएको उनले बताए ।

 
नगर प्रहरी प्रमुख हाथेछुका अनुसार काठामडौंमा फुटपाथ पसल निषेध भएपछि यहाँ व्यापारीहरु आउन थालेको र संख्या बढेर सुरक्षा व्यवस्थापन गर्न कठिन भएपछि बाध्य भई महानगरपालिकाले उक्त निर्णय लिएको हो । 


ठाउँभन्दा ब्यापारी धेरै र धेरै मानिसहरुकोे चाप बढनेसँगै भिडभाड बढ्दा झै–झगडा, पाकेटमार जस्ता गतिविधि बढ्न थालेको उनको भनाई छ ।


फुटपाथको कारण सर्वसाधारणलाई हिँड्न समेत नसक्ने स्थिति सिर्जना भएसँगैे एम्बुलेन्स, दमकल समेत हिँड्न सक्दैन, मेला जस्तै हुने गरेकोले यस क्षेत्र निषेध गरेको उनको भनाई छ । 


 साथै फुटपाथ व्यापारीहरुले सटर पसलको अगाडीको खाली ठाउँ भाडामा लिएर व्यापार गर्न थलिएको पनि भेटिएपछि झनै विकृति देखिएको उनको भनाई छ । 


फुटपाथ निषेध गरिएको क्षेत्र ललितपुर महानगर वडा नम्बर १२ र १९ अन्तर्गत पर्दछ ।  


यसअघि ललितपुर महानगरपालिकाले बेलुकी छ बजेपश्चात फुटपाथ व्यवसायीलाई व्यापार गर्न दिएको थियो । 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD