३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

ललितपुरमा पूर्वसचिव अर्जुन कार्कीको पत्नी हत्यामा कामदारकै संलग्नता


प्रकाशित: सोमबार, २७ माघ २०७६, १९ः०० बजे
- महानगरखबर

काठमाडौं । पूर्वसचिव अर्जुन कार्कीको पत्नी मुना कार्कीको हत्यामा कामदार बिजयी चौधरीको संग्लनता रहेको प्रहरीको निष्कर्ष छ ।


ललितपुरको सानेपास्थित पूर्वसचिव कार्कीको निवासमा जडान गरिएको सीसीटीभी फुटेज प्रहरीले हेरेपछि कामदार चौधरीले नै मुनाको हत्या गरेको देखिएको छ । 


प्रहरीका अनुसार सिसिटिभीमा चौधरीले भान्सामा रहेको पिर्का प्रहार गरेको देखिएको छ । कार्कीको घरमा कार्यरत चौधरीले मुनाको हत्यापछि झुण्डिएर आत्महत्या गरेको प्रहरीको भनाइ छ ।


फुटेजमा चौधरीले महिलालाई घाँटीमा समातेर घिसार्दै लगेको देखिएको प्रहरीले सञ्चारमाध्यमहरुलाई बताएका छन । 


चौधरी सानै देखि पूर्वसचिव कार्कीको घरमा बस्दै आएको स्थानीय छिमेकीहरुले प्रहरीले बताएका छन । 


घट्ना किन र कसरी घट्न गयो भन्ने बारे प्रहरीले अनुसन्धान गरिरहेको छ । 


प्रहरीका अनुसार घटना हुँदा पूर्वसचिव कार्की बिहानजै उठेर पशुपतिनाथको दर्शन गर्न गएका थिए । फर्किएर आउँदा उनले श्रीमती मुनालाई अचेत अवस्थामा फेला पारेर पारेका थिए । 


लगत्तै उद्धार गरेर स्टार हस्पिटल पुर्याइए पनि चिकित्सकले मृत घोषित गरेको प्रहरीले बताएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex