७ जेठ २०८३, बिहिबार
Nepal Bank AD 2082 mansir

ललितपुरमा पाँचौ पटक राष्ट्रिय किक बक्सिङ प्रतियोगिता, टिम च्याम्पियनलाई एक लाख नगद पुरस्कार


प्रकाशित: शुक्रवार, १२ साउन २०८०, ०८ः४० बजे 
- नवराज कुँवर

काठमाडौं । वीर गणेशमान सिंहको सम्झनामा ललितपुरको चापागाउँस्थित प्याङगाउँमा राष्ट्रिय खुल्ला किक बक्सिङ प्रतियोगिता भदौं ७ गतेदेखि हुने भएको छ ।


भाद्र ९ गतेसम्म चल्ने यस प्रतियोगितामा ललितपुर किक बक्सिङ संघ र ललितपुर जिल्ला खेलकुद विकास समितिको संयुक्त आयोजनामा हुने भएको छ ।


किक बक्सिङ संघ तथा ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तथा पूर्व किक बक्सिङ च्याम्पियन विनोद महर्जनका अनुसार प्रतियोगितामा कराँते, उसु, बक्सिङ, तेक्वान्दो, आई.टि.एफ., फुल कन्ट्याक्ट कराँते, मुआय थाई र विभागीय टिम नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेनाका खेलाडीले प्रतिस्पर्धा गर्ने छन । 


ललितपुर गोदावरी नगरपालिका वडा नं ११ चापागाउँको प्याङगाउँ खेल मैदानमा आयोजना हुने प्रतियोगितामा महिलातर्फ ५०, ५५, ६०, ६५ केजी मुनी र खुल्ला तौल समूहमा प्रतिस्पर्धा हुनेछ । 


यसैगरी पुरुषमा ५०, ५५, ६०, ६५, ७० केजी मुनी र खुल्ला तौल समूहमा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।  


प्रतियोगितामा सहभागी हुने खेलाडीको तौल भाद्र ५ र ६ गते बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म लगनखेल डोजो ललितपुरमा गराइने छ । 


देशभरीबाट खेलाडीहरु भाग लिन आउने हुँदा उपत्यका बाहिरबाट आउने खेलाडीहरुलाई खाना र बसोबासको व्यवस्था मिलाइएको आयोजकले जनाएको छ ।


यस खेलमा प्रथम हुने टिम च्याम्पियनलाई १ लाख रुपियाँ नगद पुरस्कारको व्यवस्था रहेको छ । दोस्रो हुनेले ५० हजार नगद प्राप्त गर्नेछ । 


त्यसैगरी, प्रतियोगितामा प्रथम हुने प्रत्येक तौल समूहका प्रथम हुने खेलाडीलाई ३० हजार द्वितीय हुने खेलाडीलाई १५ हजार र तेस्रो हुने दुई खेलाडीलाई जनही ८/८ हजार नगदसहित मेडल प्रदान गरिने छ । 


त्यस्तै प्रतियोगितामा उत्कृष्ट पुरुष तथा महिला खेलाडीले २५/२५ हजार नगद पुरस्कार प्राप्त गर्ने आयोजकले बताएको छ ।

 
यस प्रतियोगितमा किक बक्सिङ संघ संरक्षक राष्ट्रिय खेलकुद परिषद पूर्व कोषाध्यक्ष खेलकुद जगतका हस्ति बागमती प्रदेश सभा सदस्य मीनकृष्ण महर्जनको विशेष भुमिका रहने खेलकुद विकास समितिका अध्यक्ष बिनोद महर्जनले जानकारी गराएका छन ।


सो विषयमा सभासद महर्जनले खेलप्रेमी, खेलाडीको हौसला प्रदान गर्न खेलकुद द्धारा राष्ट्रलाई पहिचान दिलाउन आफू हरदम तयार रहेको तथा आफ्नो जीवन नै खेलाडीको निम्ति समर्पण गर्न तयार रहेको बताए ।


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex