२० आश्विन २०८३, मंगलबार
Header

ललितपुरमा तातोपानीले नुहाउने स्थान गृह सञ्चालन


प्रकाशित: शनिवार, १० कात्तिक २०८१, १८ः१० बजे
- महानगरखवर

ललितपुर । ललितपुर महानगरपालिका– ३ स्थित ठाडोढुंगामा तातोपानीले नुहाउने गृह सञ्चालनमा ल्याएको छ ।


शुक्रबार आयोजित एक समारोहकाबीच ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनको सो गृहको शुभारम्भ गर्नुभयो । 


नेपालका लागि चिनियाँ कार्यवाहक राजदूत वाङ सिनले वडाअध्यक्ष श्रीगोपालमहर्जनलाई सो भवन हस्तान्तरण गरेपछि राजदूत वाङले वडाले सञ्चालन गर्दै आएको जनहितका कार्यक्रमलाई मध्यनजर गरेर सो गृह स्थापना गरिएको बताउनुभयो । 


समाज र राष्ट्रको परिर्वतन सानातिनाकामबाटै हुने पनि राजदूत वाङको विश्वास रहेको छ ।


वडाले एक साथ ६ जनाले नुहाउन सकिने गरी स्नान गृह सञ्चालनमा ल्याएको वडाअध्यक्ष श्रीगोपाल महर्जनले जानकारी दिनुभयो । सो कक्षको नाउँ युनिसोलार साओर स्टेशन राखिएको छ । सो स्टेशनमा महिला र पुरुषका लागि अलग अलग कक्षको व्यवस्था गरिएको छ । 


चिनियाँहरुले गरेको सर्वेक्षण अनुसार सो कक्षमा नुहाउन प्रतिव्यक्ति ८० रुपैयाँ तोकिनुपर्ने छ । वडावासीहरुको निम्तिको सो रकमको आधा रकम वडाले व्यहोर्ने गृहकार्य गरिरहेको कार्यालयले जनाएको छ । 


‘यस विषयमा औपचारिक निर्णय भएको छैन। शुल्कको विषयमा निर्णय नभएसम्म निशुल्क रुपमा नुहाउन दिइरहेका छौं ।’ वडाअध्यक्ष महर्जनले भन्नुभयो ।  


सो स्नान कक्ष बनाउनको लागि नेपालस्थित युनान व्यापारिक प्रतिनिधित्व कार्यालयले आर्थिक सहयोग प्रदान गरेको थियो। युनिसोलार नेपाल प्रा।लिको प्राविधिक सहयोगमा सो कक्ष तयार पारिएको वडा कार्यालयले जनाएको छ । 


सो अवसरमा वडाअध्यक्ष महर्जनले नेपाल र चीनबीच सयौं वर्ष पुरानो जनस्तर र दुई देशबीचको कुटनीतिक सम्बन्धको एउटा ज्वलन्त प्रमाण सो स्टेशन रहेको बताउनुभयो। 


सो भवन निरन्तर सञ्चालन गर्ने र त्यसलाई बचाई राख्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। ससाना कार्य राम्ररी गरेर नै समाजको परिर्वतन हुने पनि वडाअध्यक्ष महर्जनको भनाई रहेको छ । 


सो वडाले जनहितका योजना अन्तर्गत सर्वसाधारणको दैनिक जीवनलाई प्रत्यक्ष प्रभाव पार्ने योजनाहरु एकपछि अर्को गर्दै सञ्चालन गर्दै आएको पाइएको छ । 


यस अघि सो वडाले व्यावसायिक तालिम केन्द्र सञ्चालनमा ल्याइएको थियो। विपन्न तथा असहाय, एकल महिलाको सन्तान तर सामुदायिक विद्यालयमा अध्ययनरत छात्रछात्राका लागि भत्ता प्रदान गर्दै आएको छ । दीर्घ रोगी, कडा रोगी भएकालाई एक महिलाको लागि १० हजार सम्मको औषधी, १० हजार बराबर उपचार खर्च र ७५ वर्ष नाघेका जेष्ठ नागरिकको जन्मदिन मनाउन प्रति व्यक्ति १ हजार रुपैयाँ प्रदान गर्दै आएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex