४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

ललितपुरमा टयाक्सी चालकलाई कुटपिट गरी नगद र मोवाईल लुटपाट


प्रकाशित: बुधवार, ४ पुष २०७५, ११ः२० बजे
- महानगरखबर

काठमाडौं । ललितपुरको बालकुमारी झोलुङ्गे पुलनजिक टयाक्सी चढेका दुई युवाले चालकलाई कुटपिट गरी नगद र मोवाईल लुटपाट गरेका छन् । 


कुटपिटबाट चालक ४२ बर्षिय डम्बर खड्का घाईते भएका छन । उनको देव्रे आँखामा चोटपटक लागेको छ । हाल उनको उपचार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भईरहेको महानगरीय प्रहरी परिसरले सञ्चारमाध्यमलाई जानकारी दिएको छ । 


ललितपुरको पुल्चोकबाट शंखमुल जाने भनेर चढेका दुई व्यक्तिले चालक खड्का माथि आक्रमण गरेका थिए । 


प्रहरीका अनुसारबा १ ज ६१५७ नम्बरका ट्याक्सी चालक खड्का चालकको साथमा रहेको ६ हजार रुपैयाँ र मोबाइल उनीहरुले लगेका छन । 


घटनामा संलग्नहरुको खोजविन भईरहेको प्रहरीले जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex