११ बैशाख २०८१, मंगलबार
Header

ललितपुरमा ज्यापू समाजको वृद्धाश्रममा ११० बेडको आइसोलेसन सेन्टर सुरू 


प्रकाशित: शनिवार, २५ बैशाख २०७८, १८ः३० बजे
- महानगरखवर

काठमाडौं । ललितपुरमा ज्यापू समाजको वृद्धाश्रममा कोभिड उपचारको लागि ११० बेडको आइसोलेसन सेन्टर सुरू भएको छ ।


ललितपुर महानगरपालिका, ज्यापु समाज र सुन्दर ढोका साथी सेवाबीच त्रिपक्षीय सम्झौता अनुसार आइसोलेसन सेन्टर सुरु गरिएको हो । 


महानगरपालिकाको वडा नं ४ स्थित बागडोलमा रहेको उक्त आश्रम सो सेवा सुरु गरएको हो । सुन्दर ढोका साथी सेवाले उक्त आइसोलेसन सेन्टरका लागि खाना उपलब्ध गराउनेछ । 


महानगर प्रमुख चिरीबाबु महर्जनले महानगरवासीको स्वास्थ्य र सुरक्षामा कुनै कमी हुन नदिने बताएका छन । पहिलो प्राथमिकता कोभिड महामारीबाट नागरिकलाई बचाउनु भएको उनले स्पष्ट पारे । 


महानगरले वडा नं ३ स्थित मदनस्मारक विद्यालय परिसरमा रहेको ठूलो हललाई समेत आइसोलेसन सेन्टर बनाउने तयारी गरेको प्रमुख महर्जनले बताए । 


महानगरले नेपाल युथ फाउन्डेसनको नेपाल पुनर्थापना केन्द्रमा एक साता एक सय ६० आईसोलेसन शैय्या सञ्चालनमा ल्याएका छन । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD