काठमाडौं । ललितपुर महानगरपालिकाले घर प्लेट रकम तोकेको दस्तुरको चर्को विरोध भएपछि हाललाई सो स्थगित गरिएको छ ।
महानगरले घर प्लेटको रकम एक हजार रुपिया घर सम्पती कर बुुझाउने बेला तिर्न भनेर सुचना जारी गरेपछि सोको चर्को विरोध भएको थियो ।
समाजिक सञ्जलमा दस्तुर रकमको चर्को विरोध भएको देखिन्थ्यो । सो विरोध बढ्न थालेपछि महानगरले फेरि सुचना जारी हाललाई सो स्थगित गरिएको बताएको छ ।
सो रकमबारे पुनारोवलकन हुने भएकोले अर्को अर्को निर्णय नभएसम्मका लागि घर प्लेट नम्बर बापतको शुल्क रु १०००/ - लिने विषय तत्कालको लागि स्थगित स्थगित गरिएको भनी सुचना जारी गरेको छ ।
Categorized in स्थानिय