१४ बैशाख २०८१, शुक्रबार
Header

ललितपुरमा कर्फ्युबीच क्षमा पूजा सम्पन्न 


प्रकाशित: शुक्रवार, १९ भाद्र २०७७, १६ः२० बजे
- महानगरखबर

काठमाडौं । ललितपुरमा रातो मच्छिन्द्रनाथको क्षमापूजा कफ्र्यूबीच सम्पन्न भएको छ । 


हिजो निशेधाज्ञा तोड्दै रथ तान्ने क्रममा प्रहरीले स्थानीयमाथि हस्तक्षेप गरेपछि तनाव उत्पन्न हुँदा जात्रा व्यवस्थापन कार्यदल तथा ज्यापु समाजको बैठकले क्षमापूजा गर्ने निर्णय गरेको थियो । 


सोही अनुसार शुक्रवार रातो मच्छिन्द्रनाथ जात्राका सबै विधि रथ भएकै स्थानमा सम्पन्न गर्ने गरी क्षमा पुजा गरेका हुन । 


कार्यदलले जारी गरेको प्रेस विज्ञप्तिअनुसार आज क्षमापूजा सम्पन्न गरेपछि भदौ २१ गते सोह्रखुट्टे पाटीसम्म रथ तान्ने र छ्वयलाबु विधि गरिनेछ ।

 
भदौ २२ गते भुज्या मनाइनेछ र साइत हेरिनेछ । सम्भवतः भदौ २६ गतेको साइत जुर्न सक्ने कार्यदलको अनुमान छ । त्यही साइतमा रातो मच्छिन्द्रनाथलाई बुंगमति प्रस्थान गराउने निर्णय भएको विज्ञप्तिमा छ ।


 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD