३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

ललितपुरमा एक दम्पती ग्यास गिजरमा नुहाउँदा मृत भेटिए


प्रकाशित: विहिवार, १६ माघ २०७६, १७ः०० बजे
- महानगरखबर

काठमाडौं । ललितपुरको विशाल चोकको फिट एन्ड फाइन जिमखाना साउन वाथ लिएर नुहाउन छिरेका एक दम्पती मृत भेटिए ।


बुधवार बेलुका ललितपुर–१४ मा ४० वर्षीय बस्ने हस्त गर्बुजा मगर र उनकी श्रीमति ३७ वर्षीया श्रीमती नेत्रकुमारी साउना बाथ लिन बाथरुप छिरेका थिए । 


साँझा ६ बजेर २१ मिनेटमा बाथरुम छिरेका उनीहरु बेलुका ९ बजेसम्म पनि उनीहरू बाहिर नआएपछि कर्मचारीले प्रहरीलाई फोन गरेर बोलाएका थिए । 


महानगरीय प्रहरी वृत्त सातदोबाटोका अनुसार प्रहरी आएपछि ढोका फोडेर हेर्दा अचेत अवस्थामा भेटिएका उनीहरुलाई पाटन अस्पताल पुराउँदा डाक्टरले मृत घोषणा गरेका थिए । 


सधैँ केहीबेरमै निस्किने मगर लगभग अढाइ घन्टा बित्दा पनि बाहिर नआएकापछि सञ्चालिका जुना बस्नेतसहित कर्मचारीले ढोका फोडेर हेहेरका थिए । 


प्रारम्भिक अनुसन्धानमा गिजर प्रयोग गरेका कारण उनीहरू निसास्सिएको आशंका गरिएको छ । उनीहरुले साउनासँगै बाथरूममा नुहाउने क्रममा उनीहरू बेहोस भएका थिए ।


प्रहरीले यो घटनापछि प्रहरीले सञ्चालिका बस्नेतलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।


साउनाभित्र मानिसलाई बाफ कति मात्रामा दिने हो, मापदण्ड के हो भन्नेबारे प्रहरीले अनुसन्धान गर्ने राईले बताए ।


म्याग्दीको मालिका गाउँपालिका–४ मृतक हस्त पूर्वमन्त्री थममाया थापाका स्वकीय सचिव थिए । आफन्त भएकाले थापाले उनलाई स्वकीय सचिव बनाएकी थिइन । 


दुबैका एक छोरा र छोरी छन्। चारै जना ललितपुर –१४ मै डेरामा बसिरहेका थिए ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex