१३ बैशाख २०८१, बिहिबार
Header

ललितपुरमा आईतबारसम्म यी स्थानमा बत्ती नबल्ने


प्रकाशित: विहिवार, २२ फागुन २०७्र६, १९ः३० बजे
- महानगरखबर

काठमाडौं । ललितपुरमा आज (विहिवार) देखि आईतबारसम्म विभिन्न स्थानमा विद्युत काटिने भएको छ ।


ललितपुरको फर्सिडोल, डुकुछाप, दनुवार बस्ती, जोर्खु, घुसेल, खोलाखेतलगायत क्षेत्रमा हरेक दिन बिहान १० देखि साँझ ६ बजेसम्म विद्युत काटिने भएको छ ।


वितरण लाइन सुधारका लागि नेपाल विद्युत्प्राधिकरणले विद्युत कटौती गर्ने भएको हो । प्राधिकरणका सूचना अधिकारी लीलाकुमारी अर्यालका अनुसार पुल्चोक वितरण केन्द्रको पाटन फर्पिङ फिडरबाट वितरित ११ केभी क्षमताको लाइन सुधार गर्नुपर्ने बताईन ।

 
प्राधिनकरणले विद्युत् कटौतीका कारण ती क्षेत्रका ग्राहकमा पर्न गएको असुविधाप्रति क्षमायाचना गरेको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD