५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

ललितपुरमा अण्डरग्राउण्ड पार्किङ अन्य प्रयोजनमा छैनः नगर प्रहरी प्रमुख हाथेछुु


प्रकाशित: शुक्रवार, १० भाद्र २०७९, २०ः०० बजे
- महानगरखबर

काठमाडौं । ललितपुर महानगरमा अण्डरग्राउण्ड पार्किङ अन्य प्रयोजनको लागि प्रयोग नभएको दावी गरिएको छ ।


नगर प्रहरी प्रमुख सिताराम हाथेछले २ महिनादेखि आफूहरुले यस्ता भूमिगत पार्किङ भएका भवनको निगरानी गरेको बताएका छन ।


महानगरले सपिङ मल र व्यवसायिक भवनहरुको नक्साअनुसार पार्किङ नराखिएको पाइए तत्काल राख्न लगाउने निर्णय महानगरले गरेको छ । हाछेथुका अनुसार ललितपुरमा ३ ठूला होटलहरु र कर्मचारी सञ्चयकोषको भवन मात्रै ठूला र पार्किङ रहेका भवन हुन ।


नियमविपरीत गरिएका कामलाई विगतबाटै महानगरले निस्तेज गरेकाले काठमाडौंमा जस्तो समस्या ललितपुरमा नरहेको नगर प्रहरी प्रमुख हाछेथुले दाबी गरेका छन । 


यता, काठमाडौं महानगरपालिकाले भूमिगत पार्किङका लागि नक्सा पास भएका संरचना अन्य प्रयोजनमा प्रयोग भएपछि धमाधम खाली गराउँदैछ । 


लगनखेल र जावलाखेलमा बहुतल्ले पार्किर्ङ निर्माण गर्ने योजना अगाडि सारेको छ ।


निषेधित क्षेत्रमा पार्किङ गरे स्थलगत कारवाही गर्ने, चोक–चोकमा ट्याक्सी पार्किङको व्यवस्था गर्ने लगायतका ट्राफिक व्यवस्थापनको कार्ययोजना पनि महानगरले ल्याएको छ ।


थापाथली पुलदेखि कानदेवतास्थानसम्म दुर्घटना हुनसक्ने गरी राखिएको सिमेन्टको ब्लक हटाएर प्लाष्टिकको डिभाइडर राख्ने निर्णय महानगरले कार्यान्वयन गरिसकेको छ । यस्तै अस्पताल र स्कुल अगाडिको जेब्राक्रसिङमा संकेत बत्ती राख्ने योजना पनि महानगरले अघि बढाएको छ ।

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex