५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

ललितपुरबाट एक मिटरब्याजी पक्राउ


प्रकाशित: आइतवार, १० असार २०८०, १९ः०० बजे 
- महानगरखबर

काठमाडौं । ललितपुर महानगरपालिकाको नखिपोटबाट एक मिटरब्याजी पक्राउ परेको छ । 


जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी शिद्दीबिक्रम शाहका अनुसार महानगरपालिका वडा –१४ नखिपोट बस्ने ४६ वर्षीय ज्ञानेन्द्र महर्जनलाई पक्राउ परेको हो । 


ललितपुर महानगर– ११ बस्ने ३७ बर्षिय मनोज महर्जनलाई २०७५ पुस २४ गते ऋणमा दिएको ३० लाख रकम फिर्ता गर्दा एक करोड २६ लाख रुपैयाँ सावा भन्दा बढी लिएर अनुचित लेनदेन गरकोको उजुरीको आधारमा महर्जनलाई प्रहरीले पक्राउ गरेको हो । 


उनलाई प्रहरीले शुक्रवार ललितपुर–१४ जुपिटरटोलस्थित घरबाट पक्राउ गरिएको थियो ।

 
घरमा प्रहरीले तलासी लिँदा ७ करोड २९ हजार ७७ हजार बराबरको विभिन्न व्यक्तिहरूको नामको तमसुक २३ वटा बरामद भएको छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex