काठमाडौं । गएराती ललितपुरको हात्तीवनमा कार अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किदा ३ जना घाइते भएको छन ।
ललितपुर महानगरपालिका–२८ स्थित सातदोबाटो–हात्तीवन सडकको ओरालोमा गएराति ११ः१० बजेतिर उक्त घट्ना भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।
बा १५ च ७७६५२ नम्बरको गाडी अनियन्त्रित भएपछि बिजुलीको पोलमा ठोक्किदा बिजुलीको पोल नै भाँचिएको छ । भाँचिएपछि सडकको बीच भागमा अडिएको छ ।
ललितपुर प्रहरी परिसरका एसपी चक्रराज जोशीका अनुसार कारमा चालकसहित चार जना सवार रहेकोमा चालक रूपक सापकोटा बाहेक अरु सबै गभ्भीर घाइते भएका छन ।
दुर्घटना हुँदा विशाल विक, अमरध्वज पौडेल र मुसेस लामिछाने गम्भीर घाइते भएका छन् ।
एसपी जोशीका अनुसार चालक सापकोटाले मापसे गरेको भेटिएको छ । पोल भाँचिएको तर्फको सडकमा सवारी गुड्न रोक लगाइएको छ ।
Categorized in समाज