३१ श्रावण २०८३, आइतबार
Header

ललितपुरको सातदोबाटोमा महानगर बसमा आगलागी


प्रकाशित: शनिवार, ०३ कातिक २०८१, १७ः५० बजे
- महानगरखवर

काठमाडौं । ललितपुरको सातदोबाटोमा एक यात्रुवाहक महानगर बसमा आगलागी भएको छ ।


ललितपुर महानगरपालिका–१५ सातदोबाटो चोक नजिक रोकिरहेको बा ४ ख १०६ नम्बरको महानगर यातायातको बसमा शनिबार अपराह्न पौने ५ बजे आगलागी भएको हो । 


अहिले आगो नियन्त्रणमा आईसकेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ । 


प्रहरीका अनुसार अचानक विद्युत सर्ट भई आगलागी भएपछि ललितपुर महानगरपालिकाको दुई वटा दमकलले बसमा लागेको आगो साँझ ५ बजे निभाएको हो । 


तस्वीरः रविन कुमार 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex