काठमाडौं । ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले विनाशकारी भूकम्पमा परि भत्केको सम्पदा पुननिर्माणमा ठेकेदारले चरम लापरवाही देखिएको बताएका छन ।
पुरातत्व बिभाग अन्तर्गत टेण्डर पाएका ठेकेदारले पुननिर्माणको काम नगरेकोेले सम्पदाले जिवन्त पाउन प्रमुख महर्जनको भनाई छ ।
ठेकेदार कम्पनिले अग्रिम रकम भन्दै टेण्डर सम्झौता कुल लागतको २५ देखि ३० प्रतिशत रकम बुझेर काम अलपत्र छोडेको महर्जनले बताए ।
ठेकेदलाई दिएको काममा गतिलो नभएको प्रविधिक जाँचमा पाएको महानगर प्रमुख महर्जनले महानगरले बताउँदै महानगर आफैले भत्केका सम्पदाको पुननिमाण गरेको भए बलियो निर्माण हुने बताए ।
त्यसैगरी प्रमुख महर्जनले श्रीलंका सरकारको सहयोगमा ललितपुर बुङ्ग मतिमा पुनः निमाण भैरहेको मच्छिन्द्रनाथको मन्दिर पनि ठेकेदारले अहिलेसम्म जम्मा २२ प्रतिशत मात्र काम सकिएको जानकारी दिए ।
यसै प्रमुख महर्जनले प्रधानमन्त्री केपी शर्मा ओलीले बि स २०७२ माघ २ गते पुनःनिर्माणको शुरुआत यहीबाट गरेको जानकारी दिँदै ललितपुर महानगरपालिका पुराताविक पूर्ण चण्डी पोखरी पुरानै आकारमा बनाइने भएको जानकारी दिए ।
बि स २०२१ सालको नापीको क्षेत्रफल कायेम गरि निर्माण थालेको महानगर प्रमुख चिरी बाबु महर्जनले बताउनु भएको छ ।
महानगरले पोखरी पुनःनिर्माण गर्न यसबर्षको बजेटमा १ करोड ५८ लाख छुट्याइएको छ ।
पोखरी अर्को बर्ष सम्ममा मौलिक परम्परागत शैलीमा निर्माण सपन्न हुने भएको छ । ऐतिहासिक पोखरी वरपर बगैचा, बिश्राम स्थल समेत बनाइने महानगले बताएको छ । ललितपुर भित्र एक शताव्धि अगाडी अगाडी ३९ वटा पोखरी संरक्षित अवस्थामा रहेकोमा हाल १६ वटा मात्र सामान्य अवस्थामा रहेका छन ।
Categorized in सम्पदा/संस्कृति