काठमाडौं । ललितपुर महानगरपालिकाको सम्पदा क्षेत्रमा ट्राफिक व्यवस्थापनलाई चुस्त बनाईने महानगर प्रमुख चिरीबाबु महर्जनले बताएको छ ।
विश्व सम्पदा क्षेत्रलाई पार्किङमुक्त बनाईने र सवारी आगमन पनि वान–वे गरिने योजना रहेको महानगर प्रमुख महर्जनले बताए ।
सम्पदा क्षेत्रमा देखिएको अवस्थित पार्किङ र सवारीको चापले पर्यटकलाई समेत बाधा पुगेकाले व्यवस्थापनका लागि अध्ययन थालिएको महानगरपालिकाले जनाएको छ ।
पाटनको मङ्गलबजार र त्यस आसपासमा सवारी साधनको आवागमन कम गर्नका लागि अध्ययन भइरहेको महानगरपालिकाका प्रमुख महर्जनले जानकारी दिएको छ ।
महानगर प्रमुख महर्जनले स्थानीयको सहयोगबाट सम्पदा क्षेत्रलाई व्यवस्थित गर्न सबै पक्षसँग छलफल भईरहेको बताएको छ ।
पर्यटकको आगमन बढी हुने मङ्गलबजार, गावहाल, महापाल, सौगल, सुन्धारालगायत स्थानमा नै सवारी चाप बढी छ ।
Categorized in समाज