काठमाडौं । ललितपुरको हात्तिवनस्थित एक मेटल उद्योगमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीका अनुसार शनिवार बिहान ६ बजे भएको सो आगलागीमा एक जना पुरुषको मृत्यु भएको छ ।
ललितपुर महानगरपालिका–२३ स्थित सिक्मा मेटल इन्टेक्स प्रालिमा बिहान ६ बजेको समयमा आगलागी भएको थियो ।
आगो नेपाल प्रहरी, ललितपुर नगर प्रहरीको टोल नियन्त्रणमा लिइसकेपछि पुरुषको शव जलेको अवस्थामा फेला परेको हो ।
शव जलेकोले पहिचान हुन कठिन भइरहेको प्रहरीले जनाएको छ ।
Categorized in समाज