२ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

ललितपुरको महांकालमा मोटरसाइकल दुर्घटनामा आमा बुवाको मृत्यु, छोरी घाईते


प्रकाशित: मंगलवार, १४ चैत्र २०७९, १७ः०० बजे
- महानगरखबर

काठमाडौं । ललितपुरको महांकालमा भएको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाईकलमा सवार श्रीमान श्रीमतिको दुर्घट्नाका मृत्यु भएको छ ।


उनीहरुसँगै सवार रहकी ५ बर्षिया छोरी सृजना फँुुयाल भने घाईते भएकी छिन । 


प्रहरीका अनुुसार मंगलबार बिहान पौने ११ बजे महांकाल गाउँपालिका वडा नम्बर १ बुखेल रातोपहिरोस्थित भित्री सडकमा दुर्घटना हुँदा बागमती गाउँपालिका वडा नम्बर ७ घर भई महांकाल गाउँपालिका वडा नम्बर १ बुखेल बस्ने ३५ वर्षीय विष्णुप्रसाद फुँयाल र पछाडि सवार उनकी ३४ वर्षीया श्रीमती सृजना फुँयालको मृत्यु भएको हो । 


उनीहरु सवार बा ३९ प ४८९९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब ४ सय मिटर तल खसेको प्रहरीले बताएको छ । 


घाईते छोरी सृजनाको पाटन अस्पतालमा उपचार भइरहेको छ । घटनास्थलमा प्रहरी निरीक्षकको कमान्डमा टोलीले अनुसन्धान गरिरहेको जनाएको छ । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex