१५ चैत्र २०८०, बिहिबार
Header

ललितपुरको भिमसेन मन्दिर पुनःनिर्माणका लागि वाण्ज्यि संघद्वारा पदयात्रा


प्रकाशित: बुधवार, ४ भाद्र २०७६, १०ः०० बजे
- महानगरखवर

काठमाडौं । ललितपुर उद्योग वाणिज्य संघले सम्पदा बनाउन पदयात्रा गर्ने भएको छ । 


आगामी  असोज ४ गते सम्पदा क्षेत्रको पत्रयात्रा गरिने महासंघले जनाएको छ । ‘हाम्रो सम्पदा, हामी आफैं बनाऔं’ भन्ने नाराका साथ सो पदयात्रा आयोजना गर्न लागिएको हो । 


संघको अगुवाईमा विश्वसम्पदा सूचीकृत भिमसेन मन्दिर पुनःनिर्माण भइरहेको सन्र्दभमा सो नारा तय गरिएको संघले जनाएको छ । पुनःनिर्माणमा यथोचित सहयोगका लागि सार्वजनिक आहवान गर्न सो कार्यक्रम तय गरिएको अध्यक्ष कृष्णलाल महर्जनले पत्रकार भेटघाटमा बताउनुभयो ।


सो पदयात्रा पाटन दरबार क्षेत्रबाट शुरु भई ग्वार्काे, इमाडोल, सानागाउ“ लुभू, हरिसिद्धि, धापाखेल, सुनागुठी, बुंङ्गमती हु“दै खोकनामा पुगी समापन गरिने छ । 


पदयात्राको दुरी करिब १९ किलोमिटरको रहेको छ । यसले पर्यटन वर्ष प्रर्वद्धन सन् २०२० को प्रचारात्मक अभियानमा टेवा पु¥याउने पनि संघको विश्वास रहेको छ ।


पदयात्रामा सहभागी हुन दर्ता शुल्क वापत ५ सय रुपैया“ तिनुपर्ने र सो रकम पुनःनिर्माणको कोषमा राखिने पनि संघले जनाएको छ । सहभागीहरुलाई कुमारी बैंकले प्रयोजन गरेको टिर्शट प्रदान गरिने संघका महासचिव मनोजबहादुर न्याछ्योले जानकारी दिनुभयो ।


पुनःनिर्माणको लागि अहिलेसम्म बि. के. श्रेष्ठबाट १ करोड रुपैया“, ललितपुर महानगरपालिकाबाट १ करोड रुपैया“, प्रदेश सरकारबाट ५० लाख र विभिन्न दाताहरुको तर्फबाट ५० लाख रुपैया“ गरी तीन करोड रुपैया“ सकलन भइसकेको छ । त्यसैगरी मन्दिरको छानाको जिम्मा कल्याणकृष्ण ताम्रकार, दा“ची इ“टाको जिम्मा तीर्थलाल महर्जनले लिएको पनि समितिले जनाएको छ ।


पुनःनिर्माणको लागि सुन लेपन बाहेक ४ करोड ९३ लाख रुपैयँ“ लाग्ने अनुमान गरिएको छ । ललितपुर उद्योग वाणिज्य संघले ‘सीड मनि’को रुपमा संघले १० लाख रुपैया“ राखेर पुनःनिर्माण कार्य शुरु गरिएको थियो । निर्माणक्रम संगै सहयोगी हात जुट्दै गएको समितिका अध्यक्ष कृष्णलाल महर्जनले जानकारी दिनुभयो ।


 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD