काठमाडौं । ललितपुर बागडोलमा नगद तथा सुनका गहाना चोरी भएको प्रहरीले जनाएको छ ।
ललितपुर महानगरपालिका–४ वागडोलस्थित हेमन्त भण्डारीको घरमा कोही नभएको अबस्थामा चोरले नगद र सुनका विभिन्न गरगहना गरी करीव ३ लाख ९० हजार रुपैयाँ बराबरको धनमाल शुक्रबार चोरी भएको छ ।
चोरहरुको खोजी गर्नुको साथै यस सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएकोछ ।
Categorized in समाज