१७ आषाढ २०८३, बुधबार
Nepal Bank AD 2082 mansir

ललितपुरको बागडोलबाट ७९ लाखभन्दा बढीका सुन–चाँदीका गरगहना चोरी गर्ने पक्राउ


प्रकाशित: विहिवार, ३ बैशाख २०८३, १३ः५० बजे
- महानगरखबर

ललितपुर । ललितपुर महानगरपालिका–४ बागडोल क्षेत्रबाट करिब ७९ लाख रुपैयाँभन्दा बढीका सुन–चाँदीका गरगहना चोरी भएको घटनामा संलग्न दुई जना पक्राउ परेका छन । 


पक्राउ पर्नेमा चोरीको आरोपमा काठमाडौं महानगरपालिका–२१ बस्ने ३२ वर्षीय अमन देउला रहेका छन ।


यस्तै चोरीका गरगहना खरिद गरी गाल्ने कार्यमा संलग्न रहेको आरोपमा काठमाडौं महानगरपालिका–२३ स्थित अर्पिता ज्वेलर्सका सञ्चालक, भारत पश्चिम बंगाल घर भएका ४७ वर्षीय स्वपन चक्रवर्ती पनि पक्राउ परेका छन्।


प्रहरीका अनुसार गत २६ चैत दिउँसो बागडोलबाट करिब ७९ लाख १२ हजार ५ सय २ रुपैयाँ बराबरका गरगहना चोरी भएको थियो ।


घटनाको अनुसन्धानका क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले अमन देउलालाई ललितपुर महानगरपालिका–४ बाट पक्राउ गरेको हो भने स्वपन चक्रवर्तीलाई उनकै पसलबाट नियन्त्रणमा लिएको हो ।

 
प्रहरीले स्वपनको पसलबाट सुन तथा चाँदीजस्तो देखिने विभिन्न गरगहना समेत बरामद गरेको जनाएको छ ।


यस सम्बन्धमा जिल्ला अदालत ललितपुरबाट पाँच दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex