५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

ललितपुरको बखुण्डोलमा जमिन भासिएपछि २ घर भत्किए, अरु घरहरु पनि जोखिममा


प्रकाशित: शनिवार, २५ चैत्र २०७९, २०ः३० बजे
- महानगरखबर

काठमाडौं । शनिवार राती बखुण्डोलका केही घरहरु भासिएपछि २ वटा घर भत्किएका छन । 


ललितपुर प्रहरी अधिकारीका अनुसार जमिन भासिएका कारण २ वटा घर पूर्ण रूपमा भत्किएका छन भने ६ वटा भन्दा बढी घर जोखिममा छन । 


ती घरहरु बखुण्डोलमा निर्माधिन समिट अपार्टमेन्टसँग जोडिएका घरहरु भएको बताईएको छ । 


जमिन भासिँदा बन्दै गरेको एउटा पाँचतले भवनको एकतला भासिएको प्रहरीले बताएका छन ।  


घटनाबारे थाहा पाएलगत्तै ललितपुरका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, ललितपुरका एसएसपी सिद्धिविक्रम शाह, सांसद  उदयशम्शेर राणा लगायतले सो स्थानको अवलोकन गरेका छन । 


प्राविधिकहरूको टोलीले घटनाबारे अध्ययन गरिहरेको प्रहरील जनाएको छ । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex