२८ बैशाख २०८१, शुक्रबार
Header

ललितपुरको नीति तथा कार्यक्रमः सत्यमोहन एकेडेमी स्थापना, कक्षा ३ सम्म नेपाल भाषामा पठनपाठन (पूर्ण पाठ)


प्रकाशित: बुधवार, ६ असार २०८०, २१ः३० बजे
- महानगरखबर

काठमाडौं । ललितपुर महानगरपालिकाले आ.व. २०८०/८१ को लागि नीति तथा कार्यक्रम पेश गरेको छ । 


बुधवार महानगर प्रमखु चिरिबाबु महर्जनले पेश गरेको नीति तथा कार्यक्रममा सरोकारवाला संघसंस्थाहरुको सहकार्यमा सरोकारवाला संघसंस्थाहरुको सहकार्यमा शताब्दी पुरुष स्व. सत्यमोहन जोशी ऐकेडमी स्थापना गर्ने भएको छ ।


त्यसैगरी ललितपुर महानगरका विद्यालयहरुमा कक्षा ३ सम्म नेपाल भाषाको अध्यापन गराएको भएको छ ।

 
प्रमुख महर्जनले स्थानीय मातृभाषालाई प्राथमिकता दिँदै आगामी शैक्षिक सत्रदेखि कक्षा १ देखि ३ सम्म नेपाल भाषाको पाठ्यक्रम तयार गरी लागु गरिने घोषणा गरेका हुन । 


आयोजनाहरु बैंकबाट योजनाहरु छनौट गरी वार्षिक बजेट तथा कार्यक्रम तर्जुमा गर्ने प्रणाली बनाउने बताए ।


महानगरपालिकाले ४०÷६० को अवधारणामा भइरहेको जनसहभागिताको आधारमा आयोजना निर्माणको नीतिलाई पनि निरन्तरता दिने बताएको छ ।


सबै वडामा सार्वजनिक शौचालय निर्माण गर्ने, परम्परागत पानीको मुहानहरु संरक्षण गर्ने, ‘ग्राउण्ड वाटर रिचार्ज’ लाई अभियानको रुपमा अगाडि बढाउने महानगरले घोषणा गरेको छ ।


ललितपुरले महानगरले काष्ठकला, धातुकला, प्रस्तरकलासँग सम्बन्धित श्रमिकहरुको लगत सहितको श्रम बैंक निर्माण गरेर सम्पदा संरक्षणका आयोनाहरुमा परिचालन गर्ने भएको छ ।  


त्यसैगरी, खोकना र बुङ्मती क्षेत्रलाई पर्यटकीय क्षेत्र घोषणा गर्ने, पाटन दरबार क्षेत्रमा साइकल र पैदलयात्रु मात्रै प्रवेश गर्न दिने ललितपुर महानगरपालिकाको नीति छ ।


छोराछोरीको कर्तव्यबोध गराउन विद्यालयस्तर देखिनै ललितपुरले नैतिक शिक्षा प्रदान गर्ने नीति लिएको छ ।


युवाको विकासको लागि भन्दै ललितपुरले युवा परिषद् गठन गर्ने घोषणा गरेको छ । ललितपुरले ‘पाटन सिटी डजनट स्लिप’को अवधारणा अनुसार पर्यटकीय आकर्षित गरिने घोषणा गरेको छ ।


पूर्ण पाठः –

 



 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD