काठमाडौं । प्रहरीले ललितपुरको नख्खिपोटबाट हतियारधारीहरु धमाधम पक्राउ पर्न थालेको छ । सो क्षेत्रबाट प्रहरीले थप २ जनालाई पेस्तोलसहित सोमबार पक्राउ गरेको छ ।
पेस्तोलसहित हिँडिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर ललितपुरले बताएका छन् ।
उनीहरुलाई २ वटा पेस्तोल र ५६ राउण्ड गोलीसहित पक्राउ गरिएको प्रहरीले जानकारी दिएका छन् । पक्राउ परेकाहरुको नाम हाल सार्वजनिक गरिएको छैन यस अघि प्रहरीले सोही स्थानबाट जर्मन पेस्तोलसहित ३ जनालाई पक्राउ गरेको थियो ।
Categorized in समाज