३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

ललितपुरको धापाखेलमा पनि जग्गा अतिक्रमण, मेयर चिरीबाबुलाई ज्ञापनपत्र 


प्रकाशित: सोमबार, १६ बैशाख २०७६, २०ः०० बजे
- महानगरखवर

काठमाडौं । ललितपुरको धापाखेलस्थित सार्वजनिक जग्गा अतिक्रमण विरुद्ध स्थानीयवसी एक जुट भएका छन । 


आईतबार स्थानीयवासी, राजनीतिक दल तथा संघ, संस्थाका प्रतिनिधिले ललितपुर महानगरपालिका मेयर चिरीबाबुलाई एक ज्ञापन पत्र बुझाउँर्दै सार्वजनिक जग्गा अतिक्रमण रोक्न माग गरेका छन । 


उनीहरूले महानगरपालिका–२४ (साविक धापाखेल गाबिस वडा नम्बर वडा नं ९) स्थित जग्गाहरू अतिक्रमण भइरहेकाले त्यसलाई रोक्न माग गरेका हुन ।


साविक वडा ९ स्थित पर्ति जग्गामध्ये चार आना क्षेत्रफलको एउटा कित्ता रोयल गोर्खाज कम्पनीले केही वर्ष पहिले पर्खाल लगाएको तर अहिले अरुलाईनै विक्री गरिसकेको सो ज्ञापनपत्रमा उल्लेख गरिएको छ । 


सार्वजनिक जग्गा संरक्षण समिति, धापाखेलका संयोजक वेदनाथ दाहालको नेतृत्वमा गएको टोलीले यस्ता अतिक्रमण रोक्न महानगर कडा रुपमा लाग्नुपर्ने सुझाव दिएका थिए ।  


ज्ञापनपत्र बुझ्दै ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले सार्वजनिक जग्गाको संरक्षण महानगरपालिकाले प्राथमिकतामा राखेको बताए ।


स्थानीयवासीले काठमाडौं उपत्यका विकास प्राधिकरण जिल्ला आयुक्तको कार्यालय, ललितपुरलाई समेत ज्ञापनपत्र बुझाएका छन । 


यस अघि काठमाडौंको खुलामञ्चमा गैरकानुनी रुपमा निर्माण गरेका सटरहरुको स्थानीयको चर्को विरोधपछि शनिवार डोजर लगाएर भत्काएका थिए । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex