२४ बैशाख २०८१, सोमबार
Header

ललितपुरको झम्सीखेलमा लागु औषध कारोवारीलाई नियन्त्रणमा लिन गोली प्रहार


प्रकाशित: मंगलवार, २६ मंसिर २०८०, २१ः०० बजे
- महानगरखवर

काठमाडौं । ललितपुरको झम्सीखेलमा लागु औषध कारोवारीलाई नियन्त्रणमा लिन प्रहरीले गोली प्रहार गरेको छ । 


प्रहरीका अनुसार ललितपुरको झम्सीखेलमा प्रहरी पुग्ने बित्तिकै ती कारोवारीले प्रहरी टोलीमाथि आक्रमण गरेपछि नियन्त्रणमा लिन गोली चलाएको हो । 


पक्राउ परेका लागु औषध कारोवारी युवक अविनाश राई रहेको उनको दाहिने खुट्टामा गोली लागेपछि उनको अहिले राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।


पक्राउ गरेको ठाउँमा प्रहरीले खिया लागेको पेस्तोल र त्यसमा लाग्ने केही राउण्ड गोली भेटेको जनाएको छ ।


राईको साथबाट ४९० ग्राम आइस ड्रग एमफेटामिन बरामद भएको छ । निकै महँगो र नसालु मानिने एमफेटामिनसहित उनी पक्राउ परेको प्रहरीको भनाई छ । 


लागूऔषध एमफिटामिन विशेषतः विभिन्न ड्रग पार्टीहरुमा प्रयोग हुँदै आएको छ ।


प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले १५ कात्तिकमा पनि काठमाडौंको गोठाटारमा गोली चलाएको थियो । 

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD