काठमाडौं । सर्लाहीको बागमती गाउँपालिका घर भएकी एक युवतीे ललितपुरको ज्वागलमा मृत अवस्थामा भेटिएकी छिन ।
ललितपुर प्रहरीका अनुसार २२ वर्षीया रेखा शाह मृत भेटिएकी हुन । घरको झ्यालको रेलिङमा झुण्डिएको अवस्थामा उनको शव परिवारका सदस्यले फेला पारेका थिए ।
अस्पताल लगेपछि चिकित्सकहरुले मृत घोषणा गरेका थिए । शाहको माइती पक्षले चाहिँ उनको मृत्यु शंकास्पद रहेको दाबी गरेको छ । उनीहरुको भनाइमा दाइजो सम्बन्धी विवादमा शाहलाई परिवारले यातना दिइरहेको बताईएको छ ।
शवलाई पोष्टमार्टमका लागि पाटन अस्पताल लगिएको छ ।
Categorized in समाज