७ आषाढ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

ललितपुरको गोदावरी नगरपालिकासहित ४१ स्थानीय तह विपद संकटग्रस्त क्षेत्र घोषित


प्रकाशित: शनिवार, १९ असोज २०८१, १४ः५० बजे
- महानगरखवर

काठमाडौं । सरकारले बागमती प्रदेशको ललितपुरको गोदावरी नगरपालिकासहित ४१ स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । 


बाढीपहिरो प्रभावित १२ जिल्लाका ४१ स्थानीयलाई शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो ।


राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिले बाढी, पहिरो र डुबानबाट बढी प्रभावित विभिन्न जिल्लाका स्थानीय तहलाई विपद संकटग्रस्त घोषणा गर्न सिफारिस गरेको थियो ।


सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले दिएका जानकारी अनुसार स्थानीय तहमा पर्ने राजमार्ग क्षति भएको, सडक सञ्जाल विच्छेद भएको, नदीको तटीय क्षेत्र डुबानमा परेको, पुल बगाएको, विद्युत् र टेलिफोनको टावर तथा पशुचौपाया र कृषि क्षेत्रमा क्षति पुगेकाले विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको हो । 


विपद संकटग्रस्त क्षेत्र अन्तर्गत बागमती प्रदेशको धादिङ जिल्लाका बेनिघाट रोराङ गाउँपालिका, नेत्रावती डबजोङ गाउँपालिका, धुनिवेशी नगरपालिका र गजुरी गाउँपालिका रहेका छन । 


ललितपुरको बागमती गाउँपालिका, कोन्ज्योसोम गाउँपालिका र गोदाबरी नगरपालिका विपत्त संकटग्रस्त क्षेत्र घोषित भएका छन । 


कोशी प्रदेशको पाँचथर जिल्लाका फिदिम नगरपालिका, फालेलुङ गाउँपालिका र फाल्गुनन्द गाउँपालिका परेका छन । ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका र सुनकोशी गाउँपालिका । उदयपुरको बेलका नगरपालिका छन । 


त्यसैगरी, बागमती प्रदेशको धादिङ जिल्लाका बेनिघाट रोराङ गाउँपालिका, नेत्रावती डबजोङ गाउँपालिका, धुनिवेशी नगरपालिका र गजुरी गाउँपालिका ।


दोलखाका गौरीशङ्कर गाउँपालिका, बिगु गाउँपालिका र शैलुङ गाउँपालिका । रामेछापको मन्थली नगरपालिका, रामेछाप नगरपालिका, खाँडादेवी गाउँपालिका, दोरम्भा शैलुङ गाउँपालिका, सुनापति गाउँपालिका, लिखु तामाकोशी गाउँपालिका, गोकुलगङ्गा गाउँपालिका र उमाकुण्ड गाउँपालिका ।


सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका छन भने काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका, पनौती नगरपालिका, तेमाल गाउँपालिका, नमोबुद्ध नगरपालिका, बेथानचोक गाउँपालिका, मण्डनदेउपुर नगरपालिका, चौरीदेउराली गाउँपालिका र महाभारत गाउँपालिका हुन । 


सिन्धुली जिल्लाका गोलन्जोर गाउँपालिका, सुनकोशी गाउँपालिका र फिक्कल गाउँपालिका रहेका साथै मकवानपुर जिल्लाका इन्द्रसरोवर गाउँपालिका र बकैया गाउँपालिका रहेका छन । 
चितवन जिल्लाका भरतपुर महानगरपालिका, माडी नगरपालिका र इच्छाकामना गाउँपालिका रहेका छन । 


बागमति प्रदेशले ४५ वटा स्थानीय तहलाई ५ करोड ८० लाख सहयोग दिने


बागमती प्रदेश सरकारले विपद् जोखिमयुक्त प्रदेशका ४५ वटा स्थानीय तहलाई ५ करोड ८० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको छ । 


शनिबार बसेको मन्त्रिपरिषद् बैठकले ७ वटा स्थानीय तहलाई २० लाख, १२ वटा स्थानीय तहलाई १५ लाख र २६ वटा स्थानीय तहलाई १० लाखका दरले रकम दिने निर्णय भएको हो ।


सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेका अनुसार काभ्रेको रोशी, बेथानचोक र तेमाल गाउँपालिका तथा पनौती नगरपालिका, सिन्धुलीको सुनकोशी गाउँपालिका, ललितपुरको महांकाल गाउँपालिका र मकवानपुरको इन्द्रसरोबर गाउँपालिकालाई बढी जोखिमयुक्त क्षेत्र भएकाले २० लाखका दरले १ करोड ४० लाख रकम प्रदान गरिने छ । 


त्यसैगरी, काठमाडौंको चन्द्रागिरी र नागार्जुन नगरपालिका, ललितपुरको गोदावरी नगरपालिका, कोन्ज्योसोम गाउँपालिका, बागमती गाउँपालिका, सिन्धुपाल्चोकको जुगल र लिसंखुपाखर गाउँपालिका, भक्तपुरको सूर्यविनायक नगरपालिका, मकवानपुरको बागमती गाउँपालिका, रामेछापको खाँडादेवी गाउँपालिका, दोलखाको बिगु र धादिङको गजुरी गाउँपालिकामा  १५ लाखका दरले १ करोड ८० लाख रुपैयाँ रकम निकासा गर्ने निर्णय भएको प्रवक्ता लामिछाने बताए । 


दोलखाको शैलुङ, गौरीशंकर र तामाकोशी गाउँपालिका, धादिङको बेनिघाट रोराङ, नेत्रावती डब्जोङ गाउँपालिका र धुनिवेशी नगरपालिका, रामेछापको मन्थली र रामेछाप नगरपालिकासहित गोकुलगंगा, दोरम्बाशैलुङ, सुनापति, लिखुतामाकोशी र उमाकुण्ड गाउँपालिकामा १० लाखका दरले रकम निकासा हुने भएको छ ।


सिन्धुलीको गोलन्जोर र फिक्कल गाउँपालिका मकवानपुरको बकैया गाउँपालिका, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका, भोटेकोशी, पाँचपोखरी थाङपाल र हेलम्बु गाउँपालिका, काभ्रेको नमोबद्ध र मण्डनदेउपुर नगरपालिका तथा चौरीदेउराली, महाभारत गाउँपालिका र चितवनको माडी नगरपालिका र इच्छाकामना गाउँपालिकालाई १०/१० लाख उपलव्ध गराउने निर्णय भएको छ । 
असोजको १० गतेदेखि १३ गतेसम्म परेको अविरण वर्षाका कारण बाढीपहिरोले बागमति प्रदेशमा ठुलो क्षति पुराएको छ । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex