४ जेठ २०८१, शुक्रबार
Header

ललितपुरको कोर क्षेत्रमा महानगरले पर्यटकीय बस सञ्चालन गर्ने


प्रकाशित: सोमवार, ४ असार २०८०, १६ः५० बजे
- महानगरखबर

काठमाडौं । ललितपुर महानगरपालिकाले कोर क्षेत्रहरुमा पर्यटकीय विद्युतीय बस सेवा सञ्चालन गर्ने भएको छ । 


सो बस सेवा सञ्चालनको लागि सोमवार महानगर  र साझा यातायाता संस्थाविच एक सम्झौतामा हस्ताक्षर भएको छ ।


महानगर प्रमखु चिरिबाबु महर्जनका अनुसार ललितपुरको कोर क्षेत्रहरु पुल्चोक, मंगलबजार, लगनखेल, जावालाखेलमा सो बस सेवा सञ्चालन हुने भएको छ । 


महानगर प्रमुख महर्जनले बस सेवा सञ्चालनको लागि साझा यातायातलाई सेवा प्रा.लि. लाई ३ करोडको चेक हस्तान्तर गरेका छन । पर्यटकलाई लक्षित गरी बस सेवा सञ्चालन गर्न लागिएको हो । 


सम्झौता अनुसार महानगरमा यो पर्यटक बस संचालन भएपछि ७० वर्ष माथिका ज्येष्ठ नागरिक, ६ वर्ष मुुनिका बालबालिका, क, ख वर्गका अपाङगता भएकाहरु महानगरले जारी गरेको पास हुने यात्रुले निशुल्क यात्रा गर्न पाउने छन । 


महानगरका अनुसार यो बस १२ देखि १७ सिटको हुनेछ ।

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD