१ जेठ २०८१, मंगलबार
Header

ललितपुरको कुमारी पाटीमा आगलागी (तस्वीरहरु)


प्रकाशित: सोमवार, ११ भाद्र २०८०, ११ः३० बजे 
- महानगरखबर

काठमाडौं । ललितपुरको कुमारी पाटीमा सोमवार विहान आगलागी भएको छ । 


ललितपुर महानगरपालिकाका नगर प्रहरी प्रमुख सिताराम हाथेछुले आज विहान ९ः३० बजेतिर आगलागी भएको जानकारी दिए । 


‘ओगो नियन्त्रणमा आईसकेको छ, एसी सर्ट भएर आगलागी भएको हो । समयमै पुुगेकोले ठुलो क्षति हुनबाट जोगियो ।’ हाथेछुले भने । 

 


ललितपुर महानगरको वारुण यन्त्रले आगो नियन्त्रणमा लिएको बताउँदै उनले आगलागी भएको घरको झयालहरु काठको भएकोले छिट्टै आगो समातेको थियो । समयमै आगो नियन्त्रणमा नलिएको भएसँगै भएको फर्निचर गोदाममा ठुलो क्षति हुने थियो ।


कुमारी पाटिको सडक छेउको सो घरमा यमहा बाईक स्वरुम, एजुकेशन इन्सिच्यूट, क्याफे लगायतका पसलहरु छन । 

 


तस्वीरुहरुः सिताराम हाथेछु

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD