१६ बैशाख २०८१, आइतबार
Header

ललितपुरका मेयर चिरिबाबु र कीर्तिपुरका राजकुमार नकर्मीलेसँगै ताने रथ


प्रकाशित: सोमवार, ८ जेठ २०८०, २०ः१४ बजे
- महानगरखबर

काठमाडौं । वर्षा र सहकालका देवताको रुपमा चिनिने रातो मच्छिन्द्रनाथको रथलाई लगनखेलको थटीटोलबाट जावलाखेल लगिएको छ । 


सोमवारको सुुभ साईतमा रथलाई जावलाखेल लगेर राखिएको छ । यस सुभ अवसरमा ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जन, कीर्तिपुर नगरपालिका प्रमुख राजकुमार नकर्मी र ज्यापु समाज यलका अध्यक्ष तिर्थलाल महर्जनले पनि रथ तानेका थिए । 


रथ जवालाखेलमा राखिएको चौथो दिनमा भोटो देखाउने परम्परा रहेको छ । भोटो अवलोकनका लागि राष्ट्रपति, उपराष्ट्रपति लगायतका उच्चपदस्थ व्यक्तिहरु आउने गर्दछ । 


भोटो अवलोकन पछि जात्रा सकिने र रथबाट रातो मच्छिन्द्रनाथलाई निकालेर बुंगमति लगिन्छ । 


बैशाख ११ गते पुच्चोकमा निर्माण गरिएको रथ तानेर गाःबहाल पुुगाएपछि जात्रा सुरु भएको थियो । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD