२९ कार्तिक २०८३, शनिबार
Binod Yojesh Ram

ललितपुरका गाःबहालबाट सुनका सिक्रीहरु लुटपाट गर्ने २ जना पक्राउ


प्रकाशित: शुक्रबार, २२ भाद्र २०७५, २०ः४० बजे
- महानगरखबर

काठमाडौं । विगत केही समययता सुनका सिक्रीहरु लुटपाट गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । 


पक्राउ पर्नेहरुमा ललितपुर महानगरपालिका–१६ ईखालखु घर भएका ३० वर्षीय शैलेश ताम्राकार र ललितपुर महानगरपालिका–१७ लुखुशी बस्ने २५ वर्षीय लोलिन काजी महर्जन रहेका छन् । 


उनीहरुलाई प्रहरीले ललितपुरको गाःबहालबाट विहिवार पक्राउ गरेको हो । 


उनीहरुले ललितपुरमा स्कुटर प्रयोग गरी सर्वसाधारणहरुको सुनका सिक्रीहरु थुति लुटपाट तथा चोरी गरेको घटनाको अनुसन्धान गर्ने क्रममा प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । 


चोरी गरी नम्बर प्लेट समेत परिवर्तन गरी प्रयोग गर्दै आएको २ थान स्कुटर र लुटपाट एवं चोरी गरी संकलन गरेको सिक्री, लकेट तथा सुन तौल गर्ने मेसिन १ थान बरामद गरिएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika