१८ बैशाख २०८१, मंगलबार
Header

लगातार स्वतन्त्र वडा अध्यक्ष जित्ने ललितपुर–१० का पूर्व वडा अध्यक्ष व्यञ्जनकारको निधन


प्रकाशित: आइतवार, २७ फागुन २०८०, २०ः४० बजे
- महानगरखबर

काठमाडौं । लगातर स्वतन्त्र वडा अध्यक्ष जित्ने ललितपुर महानगरपालिका वडा १० का पूर्व वडा अध्यक्ष नरसिंह व्यञ्जनकारको निधन भएको छ । 


आइतबार नर्भिक अस्पतालमा व्यञ्जनकारको उपचारको क्रममा निधन भएको ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनले‍ बताएका छन । 


नर्भिकमा आज (आइतबार) ४ बजेतिर उहाँको निधन भएको हो । व्यञ्जनकारलाई नियमित स्वास्थ्य परीक्षणका लागि आइतबार अस्पताल लगिएको थियो । 


व्यन्जनकार गएको स्थानीय निर्वाचनमा आफ्नै भतिजा कांग्रेसबाट उम्मेदवार उठेका आफ्नै ४४ वर्षीय रविनमान व्यञ्जनकारसँग उनी पराजित भएका थिए ।


यस अघि व्यञ्जनकार लगातार दसपटक स्वतन्त्र उम्मेदवारी दिएर ललितपुर महानगर वडा नम्बर १० का अध्यक्षमा निर्वाचित भएका थिए ।

 
व्यञ्जनकारको वडाध्यक्ष यात्रा २०२९ सालबाट सुरू भएको थियो । 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD