काठमाडौं । नेपाली बजारमा अहिले लगातार सुनको मल्यमा गिरावट देखिएको छ ।
आज बुधवार सुन तोलाको थप ४ सय रुपैयाँले मूल्य घट्दा १ लाख ६२ हजार २ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन प्रतितोला १ लाख ६२ हजार ६ सय रुपैयाँ रहेको थियो ।
पछिल्लो सातामा सुनको भाउ प्रतितोला ८ हजार ८०० रुपैयाँ घटेको छ ।सुन कात्तिक १५ गतेयता सुन ८ हजार ८ सय रुपैयाँले घटेको हो । कात्तिक १५ गते सुनको मूल्य प्रतितोला १ लाख ७१ हजार रुपैयाँ थियो । अघिल्लो दिन प्रतितोला १९२५ रुपैयाँ रहेको चाँदी यस दिन १९४० रुपैयाँ कायम भएको छ ।
Categorized in बजार