१८ बैशाख २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

लगातार पेट्रोलियम पदार्थको मूल्य बढेपछि सार्वजनिक विदा थपदेखि सवारीमा जोरविजोरको प्रस्ताव


प्रकाशित: बुधवार, २३ चैत्र २०७८, २०ः०० बजे
- महानगरखबर

काठमाडौं । लगातार पेट्रोलियम पदार्थको मूल्य बढेपछि सार्वजनिक विदा थपदेखि सवारीमा जोरविजोरको प्रस्ताव गरिने भएको छ ।

 
बुधवारबाट लागु हुने गरी नेपाल आयाल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्यमा बृद्धि गरेको छ । 


मूल्यबृद्धि अनुसार अब काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १६० रुपियाँ, डिजेल÷मट्टितेल १४३ रुपैयाँ र खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँ बढाएर १६ सय कायम गरिएको छ । 


निगमले बढ्दो नोक्सानीलाई ध्यानमा राखेर मूल्य बढाउनु परेको बताएको छ । मूल्यबृद्धि बढ्न थालेपछि विदेशी मुद्रा सञ्चिति घट्दो र शोधनान्तर घाटा बढ्दो स्थितिमा पुगेको छ । 


अर्थतन्त्रमा जोखिम बढेपछि सार्वजनिक विदादेखि सवारी साधानमा जोरविजोर प्रणाली लागु पर्ने दर्जनौ प्रस्ताव सरकारमा लगिने भएको छ ।


सरकाले यस अघि सवारी साधन तथा पार्टपुर्जालगायत विलासिताका वस्तु आयातका लागि प्रतीतपत्र (एलसी) नखोल्न राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई निर्देशन दिईसकेको छ । 


अर्थमन्त्री जनार्दन शर्माका उपस्थितीमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेल, राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, श्रममन्त्री किसान श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ, अर्थ सचिव मधु मरासिनी, वाणिज्य सचिव गणेश पाण्डे, राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रलगायत उच्च सरकारी अधिकारीहरुको बैठकले आर्थिक संकटबाट निकासका लागि छलफल बढाएको छ । 


पेट्रोलियम पदार्थको आयात घटाई विदेशी विनिमय सञ्चिति बढाउन काठमाडौं उपत्यकालगायत देशका प्रमुख सहरमा चल्ने सवारी साधनमा जोरबिजोर लागू गर्ने प्रस्ताव छ । 


बिहान १० बजे खुल्दै आएका सरकारी कार्यालय अब ९ बजे नै खोल्ने तथा शनिबार र आइतबार दुवै दिन सार्वजनिक बिदा दिन पनि प्रस्ताव छ ।


अहिले निगमले करिब २२ अर्ब रुपैयाँ बराबरको इन्धन आयात गरिरहेकोमा यसलाई विभिन्न उपायहरु अपनाएर १२÷१३ अर्ब रुपैयाँमा सीमित गर्ने समेत सरकार समक्ष प्रस्ताव गरिने भएको छ । 

 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex