२३ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

लगन चोकलाई असन चोक, इन्द्रचोक जस्तै बनाउने प्रमुख शाक्यको ईच्छा


प्रकाशित: विहिवार, १४ साउन २०७८, १९ः०० बजे
- अजय खड्गी

काठमाडौँ । काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले लगन चोकलाई पनि असन चोक, इन्द्रचोक जस्तै आकर्षक चोक बनाउने इच्छा रहेको बताए ।


कामपा २१ वडास्थित तःबहालमा थान गणेशसहित देवीदेवताहरू र तुंफः पुनर्निर्माण सम्पन्न कार्यक्रमलाई उद्धघाटन गर्ने क्रममा प्रमुख शाक्यले सो कुरा बताएका हुन । 


शाक्यले भने, ‘सर्वोच्चले नरोकेको भए अहिले यही वडाको लगन टोलमा लगन पार्क बनिसक्थ्यो होला । हामी यो लगन चोकलाई असन चोक, इन्द्रचोक जस्तै आकर्षक चोक बनाउन चाहन्छौ ।’ 


लगनका स्थानीयवासीका लागि बनाउन लागिएको लगन पार्कलाई एक जनाको उजुरीको भरमा रोकिएको जनाउँदै उहाँले अहिले कोरोनाको कारण देखाएर यो मुद्दालाई पेशीमा नचढाईकन रोकिएको उनले बताए । 


सो अवसरमा शाक्यले पहिले पहिले गुठीहरूले आफ्नै पहलमा गर्ने कार्यहरू अहिले स्थानीय सरकारले जिम्मा लिई गर्न थालेको छ । यहाँका संस्कृति सम्पदाहरू संरक्षणलाई काठमाडौं महानगरपालिकाले अपनत्व ग्रहण गर्दै यो काम सुरु गरेको बताए । 


विहिवार एक कार्यक्रमविच पुनस्र्थापित देवी देवताको पूजा गर्दै काठमाडौँ महानगरका प्रमुख शाक्य र पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठले उद्घाटन गरे । 


काठमाडौंका संस्कृति, सम्पदाहरू संरक्षण गर्ने क्रममा कुनै गुठी, खलःहरूको आफ्नै जग्गा छ भने त्यहाँ महानगरपालिकाले सांस्कृतिक भवन बनाइदिने गरेको बताए । 


महानगरपालिकाको यो सहयोगले गर्दा काठमाडौंका कतिपय गुठी खलःका सदस्यहरू मिली सामुहिक रूपमा जग्गा खरिद गर्न थालेको र त्यहाँ महानगरपालिकाले सांस्कृतिक प्रयोजनका भवन बनाइदिएको पनि शाक्यको भनाइ थियो ।


काठमाडौंमा सांस्कृतिक वाद्यवादन खरिद गर्न प्रदेश सरकारले ३ करोड रुपैयाँ छुट्याएको प्रमुख शाक्यले बताए । उनले प्रदेश सरकारसँगको सहकार्यबाट सम्पदा संरक्षणमा थप योगदान पुग्ने अपेक्षा राखे । 


कामपा २१ वडा कार्यालय र स्थानीय तःबहाः पुचःया संयुक्त प्रयासमा तुंफः र मूर्तिहरू पुनस्र्थापना गरिएका हुन ।


यहाँको थान गणेश लगनदेखि दक्षिण भेगमा बस्ने डंगोल, महर्जन, श्रेष्ठहरुले जन्मदेखि मृत्यु पर्यन्तका संस्कारमा पहिले पूजा गर्ने गरेका छन ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex