२३ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

लगनटोलको कीर्तिपुण्य महाविहार च्वाकँ वही आँगछें शिलान्यासय


प्रकाशित: शुक्रवार, २४ मंसिर २०७८, २०ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यले कामपा वडा २१ ल्गनटोलमा रहेको कीर्तिपुण्य महाविहार, च्वाकँ वही आँगछें शिलान्यास गरे । 


सो अवसरमा शाक्यले भने,‘ अहिले शिलान्यास भएका कुनै पनि काम रकम नभएर निर्माण रोकिँदैन । त्यसका लागि महानगरले योजनाअनुसारको रकम विनियोजन गरिसकेको छ ।’


‘काठमाडौँ महानगरभित्र पुननिर्माण गर्नु पर्ने सबैजसो सम्पदा पुननिर्माण भएका छन । केही निर्माण भइ सके । केही निर्माणका क्रममा छन । हामीले बनाउन खोजेका केही सम्पदा स्थानीय विवादका कारण अगाडि बढ्न सकेका छैनन् । केही गुठी संस्थान र पुरातत्व विभागको स्वामित्वमा भएकाकारण प्रक्रियामा जान सकेका छ्रैनन । यसबाहेक अन्य सम्पदामा महानगरले आफ्नै लगानीमा पुननिर्माण गरिरहेको छ ।’


बागमती प्रदेश सभाका सदस्य डा. अजयक्रान्ति शाक्यले काठमाडौँ महानगरले अन्तरसरकार समन्वयबाट पूर्वाधार निर्माण र सम्पदा पुननिर्माणमा उल्लेखनीय काम गरेको आफूलाई महसुस भएको धारणा राखेका थिए ।


कार्यक्रममा वडाध्यक्ष उदयचुडामणि बज्राचार्यले, सेवा प्रवाह र पूर्वाधार निर्माणलाई समान महत्व दिएको बताए । ‘वडा २१ सम्पदा भएको वडा हो । त्यसैले हामीले सम्पदा संरक्षणलाई योगदान दिएका छौँ ।’ उनले भने । 


करीव १ करोड ५४ लाख रुपैयाँ लागत अनुमान गरिएको यसको निर्माणका लागि करीव १ करोड ५ लाख रुपैयाँ कबोल गरेर समन्द्री कन्स्ट्रसनले जिम्मा पाएको छ । 


हनुमान ढोका दरबार संरक्षण कार्यक्रमबाट कार्यान्वयन भएको पुननिर्माण ०७९ कार्तिक १० गतेभित्र सम्पन्न गर्नुपर्नेछ । इञ्जिनियर अमित बज्राचार्यकाअनुसार ३ तले भवनको हरेक तला करीव ६३० बर्गफुटको हुनेछ ।


तस्वीरः चन्द्रमणी भट्टराई
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex