७ बैशाख २०८१, शुक्रबार
Header

लगं बहाःको दिगुद्यः पुननिर्माण सम्पन्न


प्रकाशित: सोमबार, ९ मंसिर २०७६, १७ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. २१ स्थित लगन टोलमा रहेको ऐतिहासिक कीर्तिपुण्य महाविहार अर्थात लगं बहाः भित्र अवस्थित दिगुद्यः पुनर्निर्माण सम्पन्न भएको छ । २०७२ सालको शक्तिशाली भूकम्पमा क्षतिग्रस्त हुन पुगेको यो दिगुद्यः गत वर्ष पुनर्निर्माण गरिएको हो । 


लगं बहाः अन्तर्गत रहेका सम्पूर्ण शाक्य तथा वज्राचार्यहरूको दिगुद्यः अर्थात कुलदेवताका रूपमा पुजिने यो मन्दिर भित्र आकर्षक चैत्य रहेको छ । उपत्यकाका अधिकांश नेवार समुदायको कुलदेवता प्रायशः घरभन्दा टाढा खुल्ला चउरमा रहने गर्दछ । घर छेउमै बहाल भित्र कुलदेवता रहेको भने लगं बहाल बाहेक अरुतिर कमै पाइन्छ । 


लगन टोलको कीर्तिपूण्य महाविहार काठमाडौं उपत्यकाकै सबैभन्दा पूरानो बौद्ध विहार मानिन्छ । यो विहार भित्र आजभन्दा ६०० वर्ष अघि यो कुलदेवता स्थापना गरिएको विश्वास गरिन्छ । हरेक वर्ष देवालीका दिन लगं बहाः अन्तर्गत रहेका शाक्य र वज्राचार्य समुदायको देवलाी पूजा (देपुजा) यही मन्दिरमा मनाउने गरिन्छ । 


एक वर्ष अघि काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले यो मन्दिर पुनर्निर्माणको शिलान्यास गर्नुभएको थियो । गत शनिवार मन्दिर तयार भई उहाँकै हातबाट उद्घाटन गरिएको हो ।  
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD